जुवा खेलिरहेको अवस्थामा सात जना जुवाडे पक्राउ, ५ लाख ५२ हजार बरामद


काठमाडौं – गोकर्णेश्वर नगरपालिका– १ ओख्रेनीबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका –१ बस्ने ३९ वर्षीय विर बहादुर तामाङ समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ५२ हजार ३ सय रुपैयाँ र ६३ थान कौडासहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।