काठमाडौं – रौतहटको बौधीमाई नगरपालिका –०७ बंकुलस्थित बंकुल–नरकटिया सडक खण्डबाट प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी, घोडसन ग्राम बस्ने टुना दासला रहेका छन् ।
बाराबाट रौतहटतर्फ जाँदै गरेको भारतीय मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट प्रहरी सहायक निरीक्षक रमेश यादवको कमान्डमा खटिएको प्रहरीको टोलीले शङ्का लागी जाँच गर्ने क्रममा मोटरसाइकलको फिल्टरमा लुकाइछिपाई राखिएको उक्त रकम फेला पारी बरामद गरिएको हो ।
बरामद रकममा एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोट रहेका छन् । उक्त रकम, मोटरसाइकल र मोटरसाइकल चालक दासलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया