स्वदेशमै विकसित प्रविधिमार्फत वित्तीय क्षेत्रलाई थप प्रभावकारी बनाउँदै एनएसएस सर्भिसेज


काठमाडौं – नेपालको वित्तीय तथा बैंकिङ्ग क्षेत्रमा प्रविधिमा आधारित नवप्रवर्तन, डिजिटल रूपान्तरण र नियामकीय अनुपालनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ एनएसएस  फाइनान्सियल सर्भिसेजले डिजिटल कर्जा तथा नियामकीय प्रविधि अन्तर्गत विभिन्न नवीनतम प्रविधिमैत्री समाधानहरू विकास तथा प्रवर्द्धन गर्दै आएको छ।

नेपालको वित्तीय क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी र जोखिमप्रति सचेत बनाउने लक्ष्यसहित कम्पनीले बैंक तथा वित्तीय संस्थाहरूका लागि कृत्रिम बुद्धिमत्तामा आधारित जोखिम व्यवस्थापन, वित्तीय गणना तथा नियामकीय नीतिका समाधानहरू उपलब्ध गराउँदै आएको छ।

कम्पनीका प्रमुख प्रविधिहरू

१. डिजिटल कर्जा तथा पीटुपी लेन्डिङ प्लेटफर्म प्रविधिको प्रयोगमार्फत कर्जा आवेदन, मूल्याङ्कन, ऋणी तथा लगानीकर्ता व्यवस्थापन र डिजिटल कर्जा प्रवाह प्रक्रियालाई सहज, छरितो र प्रभावकारी बनाउन सहयोग गर्ने ।

२.बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन जोखिम पहिचान, मूल्याङ्कन, अनुगमन तथा न्यूनीकरणलाई प्रभावकारी बनाउन कृत्रिम बुद्धिमत्तामा आधारित जोखिम व्यवस्थापन प्रणाली।

३. नेपाल वित्तीय प्रतिवेदन मान अनुरूप कर्जा तथा अन्य वित्तीय सम्पत्तिको अपेक्षित कर्जा नोक्सानी गणना, मापन तथा प्रतिवेदन प्रक्रियालाई स्वचालित र प्रभावकारी बनाउने प्रविधि।

४.: कर्जासम्बन्धी शुल्क, ब्याजदर, भुक्तानी तालिका, संशोधन तथा अन्य वित्तीय कारोबारको प्रभावकारी ब्याजदर गणना र वित्तीय प्रतिवेदनलाई शुद्ध तथा व्यवस्थित बनाउन सहयोग गर्ने प्रणाली।

५. ग्राहक पहिचान, विवरण सङ्कलन, डिजिटल आवेदन तथा ग्राहक आबद्धता प्रक्रियालाई सरल, छरितो र प्रविधिमैत्री बनाउने डिजिटल प्लेटफर्म।

यी समाधानहरूले बैंक तथा वित्तीय संस्थाहरूको कार्यसम्पादन क्षमता अभिवृद्धि गर्नुका साथै सञ्चालन लागत न्यूनीकरण, जोखिम व्यवस्थापन सुदृढीकरण, नियामकीय अनुपालन तथा ग्राहक सेवाको गुणस्तर सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

एनएसएस का समाधानहरूको विशेषता भनेको नेपाली वित्तीय क्षेत्रको आवश्यकता, प्रचलित नियामकीय व्यवस्था तथा स्थानीय व्यावसायिक परिवेशलाई ध्यानमा राखेर प्रविधिको विकास तथा कार्यान्वयन गर्नु हो। यसले अन्तर्राष्ट्रिय स्तरका प्रविधिगत अभ्यासलाई नेपाली वित्तीय क्षेत्रको वास्तविक आवश्यकतासँग जोड्ने प्रयास गरेको छ।

कम्पनीका अनुसार, ‘नेपालको वित्तीय क्षेत्रको डिजिटल रूपान्तरण केवल प्रविधिको प्रयोगमा सीमित हुनुहुँदैन यसले वित्तीय संस्थाहरूको कार्यक्षमता, जोखिम व्यवस्थापन, सुशासन र ग्राहक अनुभवमा समेत वास्तविक परिवर्तन ल्याउनुपर्छ। एनएसएस यसै उद्देश्यका साथ स्वदेशमै विकसित नवीनतम प्रविधिमार्फत वित्तीय क्षेत्रको रूपान्तरणमा योगदान पुर्‍याउन प्रतिबद्ध छ।’

डिजिटल बैंकिङ्ग, फिनटेक नवप्रवर्तन, नियामकीय प्रविधि र एआई आधारित जोखिम व्यवस्थापनको बढ्दो आवश्यकतालाई सम्बोधन गर्दै एनएसएसले नेपालमा वित्तीय प्रविधिको विकास, स्वदेशी प्रविधिको प्रवर्द्धन तथा वित्तीय सेवाको आधुनिकीकरणमा आफ्नो योगदान विस्तार गर्ने लक्ष्य राखेको छ।