बैंकिङ्ग कसुर मुद्दामा ४ करोड बिगो तोकिएका दीपक चन्द्र न्यौपाने पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरका दीपक चन्द्र न्यौपाने रहेका छन्। 

न्यौपानेलाई झापा जिल्ला अदालतले झापा जिल्ला अदालत बैंकिङ्ग कसुर मुद्दामा चार करोड बिगो तथा बिगो बमोजिमको जरिवाना र १ महिना १५ दिन कैद फैसला गरेको थियो। 

फैसला पछि फरार रहेका उनी काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरीले भक्तपुरको भक्तपुर नगरपालिका वडा नं.१ सृजनाटोलबाट पक्राउ गरेको हो। 

पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।