काठमाडौं - पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको हकमा उनकी पत्नी दोमाया पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। पौडेलको थुनालाई चुनौती दिँदै दायर गरिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्च अदालतको अभिलेखअनुसार रिट निवेदन असार १० गते…