काठमाडौं- ‘म बैंकको कर्मचारी हुँ, तपाईंको केवाईसी अपडेट गर्नुपर्ने रहेछ। अपडेट नगरे बैंक खाता बन्द हुन्छ’ भन्दै सर्वसाधारणलाई झुक्याएर रकम ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। साइबर ब्युरोमा दर्ता भएको विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरको अनुसन्धानका क्रममा अभय तिवारी, विद्यासागर केवट, जयकुमार केवट र कुबेर थापा पक्राउ परेका हुन्। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान…