पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा


काठमाडौं –  सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग नजिक मानिएका र नियमित सम्पर्क भएका व्यक्तिहरुका घरमा छापा मारेकाे छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसहित उनका निकट र नातेदारको घरमा छापा मारेको हाे।

जबराका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि विभागकाे टोलीले छापा मारेको हो। जबराका निकटस्थ व्यक्तिका घरमा छापा मारेर महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको छ। यस्तै,पूर्वप्रधानन्यायाधीश जबरा, दिपक तिमल्सिना, नारायण दाहाल र नवराज थपलियाको घरमा छापा मारेकाे हाे।

तिमल्सिना दूरसञ्चार व्यवसायी हुन् भने थपलिया उच्च अदालतका पूर्वन्यायाधीश हुन्। केही दिनअघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोलेन्द्रलाई मध्यराति पक्राउ गरी १२ घण्टापछि छाडेको थियो।