काठमाडौं – दक्षिण कोरिया पठाइदिने भन्दै सेवाग्राहीलाई लामो समयदेखि अलपत्र पारेको आरोपमा न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्ने नुवाकोटको बेलकोटगढी घर भई काठमाडौं सामाखुसीमा बस्दै आएका गणेश पाण्डे रहेका छन्।
आफ्नो छोरालाई कोरिया पठाउने भन्दै कन्सल्टेन्सीले दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष सामाजिक सञ्जाल टिकटकमार्फत कारबाहीको माग गरेकी थिइन्। उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
अनुसन्धानका क्रममा प्रहरीले कन्सल्टेन्सीका सञ्चालक पाण्डेलाई काठमाडौं महानगरपालिका–२६ स्थित रानीबारी चोकबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पाण्डेमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।






About Us
प्रतिक्रिया