झापाबाट ११ लाख ७४ हजार रुपैयाँ बराबरको अवैध सामानसहित भारतीय कार बरामद


काठमाडौं – झापाको अर्जुनधारा नगरपालिका–११ स्थित कालीझोडा क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा ल्याउँदै गरेको सामानसहित भारतीय कार बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको मोबाइल गस्ती टोलीले चेकजाँचका क्रममा २० जोर फुटबल लेग प्याड र ९५ दर्जन लेडिज लेगिङ्स फेला पारेको हो।

बरामद गरिएका सामान र भारतीय कारको कुल मूल्य ११ लाख ७४ हजार रुपैयाँ बराबर रहेको जनाइएको छ। सशस्त्र प्रहरीले बरामद सामान तथा गाडीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ।