८ जना पक्राउ जुवाडे पक्राउ, ७१ हजार बरामद 


काठमाडौं – दार्चुलाको  शैल्यशिखर नगरपालिका– ९ गाजरी बस्ने ४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ७५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।