काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ। मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले शनिबार राति मन्दिरको भेटी राखिएको बाकस चोरी भएको जानकारी दिए। आज बिहान पूजा गर्ने क्रममा पुजारीले भेटीको बाकस नदेखेपछि खोजी गर्दा कतै नपाइएकाले जानकारी प्राप्त भएको उनले बताए। बाकस महाशिवरात्रि पर्वपछि नखोलिएकाले त्यसमा करिब…