बैंकिङ्ग कसुर मुद्दामा पाँच लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दीका गजिन्द्र पुन रहेका छन्।

म्याग्दी जिल्ला अदालतबाट बैंकिङ्ग कसुर मुद्दा पाँच लाख जरिवाना र २ दिन कैद फैसला भई  फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय म्यादीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनलाई पक्राउ गरी  म्याग्दी जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।