बैंकिङ्ग कसुर मुद्दामा ९ लाख ५० हजार जरिवाना तोकिएका एक जना पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तडीका सुमित कुमार कुँवर रहेका छन्। 

उच्च अदालत पाटनले बैकिङ्ग कसुर मुद्दामा ३ दिन कैद सजाय ९ लाख पचास हजार जरिवाना फैसला गरेपछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

उनलाई पक्राउ गरी उच्च अदालत पाटनमा पेस गरेको प्रहरीले जनाएको छ।