काठमाडौं – नक्कली अनुमति पत्र बनाएर छोकडा आयात गर्ने व्यक्ति पक्राउ परेका छन्। प्रतिबन्धित छोकडा आयात गर्न अनुमति पत्र किर्ते गरेको अभियोगमा ५५ वर्षीय नवीन कुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो। नेपाल सरकारले छोकडा आयातमा पूर्ण बन्देज लगाएको अवस्थामा समेत उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नक्कली लेटर हेड, छाप र पूर्व महानिर्देशकको हस्ताक्षर…