काठमाडौं – उदयपुरको त्रियुगा नगरपालिका– १२ फूलचोक बस्ने ४५ वर्षीय महेन्द्र चौधरीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा महेन्द्र समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८२ हजार ३ सय ८२ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






About Us
प्रतिक्रिया