काठमाडौं - सरकारले आर्थिक तथा वित्तीय अपराधका कसुरमा अनुसन्धान गर्ने अधिकार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पनि हुने गरी अध्यादेश सिफारिस गरेको छ। सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४ लाई अध्यादेशमार्फत संशोधन गरेको हो। अब विभागलाई कर छली, धितोपत्र, बैंकिङ्ग, वित्तीय, विदेशी विनिमय र बीमा सम्बन्धी कसुरमा अनुसन्धान गर्न बाटाे खुलेकाे छ। यस अध्यादेशले सम्पत्ति शुद्धीकरण…