काठमाडौं – चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका– १ बस्ने सिन्धुली कमलामाई नगरपालिका– १० घर भएका २१ वर्षीय अमन परियार, काठमाडौं थापाथली बस्ने नुवाकोट विदुर नगरपालिका– २ घर भएका १७ वर्षीय किशोर र महोत्तरी जलेश्वर नगरपालिका– १ घर भएका २१ वर्षीय रन्जन कापर रहेका छन्।
ललितपुर महानगरपालिका–१ कुपण्डोलस्थित गणेश मन्दिर नजिकको घरबाट ल्यापटप र नगद गत बिहीबार चोरी भएको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कुपण्डोलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चोरी भएको २ थान ल्यापटपसहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।








About Us
प्रतिक्रिया