हिमालयन लाइफमा मेरो परिवार र व्यवसायको कुनै लगानी छैन : शुलभ अग्रवाल


काठमाडौं – व्यवसायी शुलभ अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा अन्दाजी ३० करोड लगानी रहेको स्वीकारेका छन्। बयानका क्रममा उनले आफ्नो लगानी रहेपनि परिवार र व्यवसायको उक्त कम्पनीमा कुनै लगानी नभएको दावी गरेका हुन्।

यता, उनले हिमालयन रिइन्स्योरेन्समा आफु कुनै पनि जिम्मेवारीमा नरहेको बताएका छन्। ‘५५ नम्बर ब्रोकरबाट को कस्ले के कति रकम लिएका छन् भन्ने कुरा मलाई जानकारी छैन।’ उनले भनेका छन्, ‘तर मेरो श्रीमती सुवी अग्रवालले लिएको रकमका हकमा उक्त ब्रोकरसँग विगत देखि नै कारोबार हुदै आएकोमा हाल ब्रोकरलाई मेरो श्रीमतिले विभिन्न मितिमा लिएको रकम समेत गरी ब्रोकर नं. ५५ लाई केही रकम तिर्न बाँकी छ।’

उनले भृकुटी स्टक ब्रोकिङ कम्पनीको खातामा जम्मा गरी त्यस्तो रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिने मनसायले बीमा कम्पनीको व्यवसायको क्रममा आर्थिक अनिमितता र दुरुपयोग गर्ने तथा बीमा ऐन, २०७९ को दफा १४० को बर्खिलाप नगरेको समेत दावी गरेका छन्।

यस्तो छ अग्रवालको बयान

म हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीमा गुरास लाईफ, युनियन लाईफ र लक्ष्मी लाईफ ईन्स्योरेन्ससँग मर्जर भएपश्चात सञ्चालक अध्यक्ष भएको थिएँ र हाल करिब २ महिना अगाडी राजिनामा दिएको छु। मेरो हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीमा अन्दाजी ३० करोड लगानी रहेको छ। मेरो परिवार र व्यबसायको उक्त कम्पनीमा कुनै लगानी छैन। हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी लि. ले शेयर खरिद विक्रि सम्बन्धि कारोवार कम्पनीको प्रवन्धपत्र वा नियमावलीमा व्यबस्था भएबमोजिम तथा प्रचलित कानुन बमोजिम लगानी समिति र व्यवस्थापनले गर्ने गरेको छ। उक्त कारोवारको वारेमा लगानी समिति र व्यवस्थापनलाई त्यसको पुरा जिम्मेवारी रहन्छ। के कुन धितो पत्र दलाल वयवसायी मार्फत शेयर खरिद बिक्री गर्ने गरेको छ मलाई थाहा छैन। कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई जानकारी होला। कम्पनीको संचालक अध्यक्षको रूपमा वार्षिक रुपमा पेश हुने वित्तीय विवरणहरू बाहेक मलाई उक्त कम्पनीको शेयर कारोवारको सम्वन्धमा त्रैमाषिक तथा वार्षिक रूपमा मात्र जानकारी हुने गरेको छ।

मैले मेरो शेयर कारोवार आँफैले गर्दै आएको छु। उक्त कारोवार मेरो रोहवरमा कहिले काँही कर्मचारीहरू मार्फत समेत गराउँदछु। मेरो कारोवार काठमाडौ नक्साल स्थित मेरो स्वामित्वको भवनमा रहेको मेरो व्यक्तिगत कार्यालयबाट गर्दै आएको छु। मैले शेयर कारोवार गर्नको लागि प्रचलित नीयमबमोजिम नै कारोबार सिमा प्राप्त गर्ने गरेको छु। चेक तथा अग्रिम रूपमा रकम जम्मा गरेको छैन। हाल ब्रोकरसँग व्यक्तिगत लेनदेन तथा उधारो कारोवार समेत छैन। मैले मरो बाहेक अन्य कोही व्यक्ति वा संस्थाको डिम्याट अकाउन्ट, टीएमएस, युजर प्रयोग गर्ने गरको छैन। मेरो श्रीमतीको शेयर कारोवार गर्दा मैले गाईड सम्म गर्ने गरेको छु र कहिले काँही उनको अनुमति लिएर मेरो स्टाफ मार्फत कारोवार गरिदिने गरेको छु।हिमालयन रिइन्सुरेन्सको म कुनै पनि जिम्मेवारीमा रहेको छैन।

५५ नम्बर ब्रोकरबाट को कस्ले के कति रकम लिएका छन् भन्ने कुरा मलाई जानकारी छैन। तर मेरो श्रीमती सुवी अग्रवालले लिएको रकमका हकमा उक्त ब्रोकरसँग विगत देखि नै कारोवार हुदै आएकोमा हाल व्रोकरलाई मेरो श्रीमतिले विभिन्न मितिमा लिएको रकम समेत गरी व्रोकर नं. ५५ लाई केही रकम तिर्न वाँकी छ। व्रोकरलाई तिर्न वाँकी रकम अन्दाजी ६२ करोड हुनसक्छ हाल एकिन भएन। ५५ नं ब्रोकरबाट मेरो श्रीमतीले लिएको रकम उक्त व्रोकरले के कहाँबाट रकम ल्याएको हो भन्ने बारेमा मलाई थाहा जानकारी छैन मेरो श्रीमतीले उधारो/सापटी लिएको हुन।

उक्त रकम शुभिले नै प्रयोग गरेको हुन। म अध्यक्ष रहेको हिमालयन लाइफ इन्सुरेन्सले संचालन गरेको म्युचल फण्ड, हिमालयन लार्ज क्याप फण्ड, मेरो लगानी रहेको हिमालयन सेक्युरिटिज् बैँकर, समेतको रकम संगठित योजनाबद्ध रुपमा भृकुटी स्टक व्रोकिङ कम्पनीको खातामा जम्मा गरी त्यस्तो रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिने मनसायले वीमा कम्पनीको व्यवसायको क्रममा आर्थिक अनिमितता र दुरुपयोग गर्ने तथा वीमा ऐन, २०७९ को दफा १४० को बर्खिलाप मैले गरेको छैन। म हिमालयन रिइन्सुरेन्सको कुनै जिम्मेवारीमा छैन।

केवल म शेयरधनी रहेको अम्बर प्रो. इन्भेष्टमेन्ट प्रा.लि. को लगानी हिमायन रिमा रहेको छ। मेरो श्रीमतीले ५५ नम्बर व्रोकरसँग कारोवार गर्ने क्रममा सापटी लिएको छ। यस सम्बन्धी सबै व्यहोरा माथि खुलाएको छु। मैले कुनै वीमा कम्पनीमा संलग्न भई वीमा ऐनको दफा १४० को कसुर गरेको छैन। मैरो कुनै स्वार्थको द्वन्द्व पनि छैन। मैले अनुचित तरिकाले वा अध्यक्षको हैसियतमा प्रभावको दुरुपयोग गरी हिमालयन लाइफ इन्सुरेन्सले संचालन गरेको म्युचल फण्ड, हिमालयन लार्ज क्याप फण्ड, समेतको रकम ५५ नम्बर व्रोकरमा पठाई त्यसबाट मैले कुनै लाभ लिने कार्य गरेको होइन। म हिमालयन लार्ज क्याप फण्डको कुनै पद र जिम्मेवारीमा छैन। यस कार्यमा मेरो कुनै संलग्नता छैन।

बीमा ऐनमा उल्लेखित कर्तव्य र अधिकारको सम्वन्धमा मैले अध्यक्षको हैसियतले आफुलाई थाहा भएसम्म सबै बीमकको हितमा काम गरेको छु। मैले कुनै गैरकानूनी काम गरेको छैन र कुनै पनि गैर कानूनी निर्देशन दिएको छैन साथै गैरकानूनी लाभ समेत लिएको छैन। मैले अन्य कसैको टीएमएस, युजरनेम र पासवर्सड मेत प्राप्त गरि आफु अनुकुल कारोवार गर्ने गराउने गरेको छैन।

उल्लिखित कम्पनी तथा व्यक्तिहरूको शेयर कारोवार गरेको छैन साथै बीमकको रकम दुरूपयोग गरेको छैन। मेरो अफिसमा को के व्यक्ति आएर उक्त कारोवार गरेका हुन मलाई जानकारी भएन। त्यसैले मैले विमा ऐन अनुसारको कुनै कसुर गरेको छैन। म हिमालयन लाईफ ईन्स्योरेन्समा अध्यक्ष रहेको ठिक साँचो हो। अन्य बीमा कम्पनीहरूमा लगानी वाहेक कुनै समिति र व्यबस्थापनमा मेरो संलग्नता छैन। आइपी प्रयोग सम्बन्धमा मेरो कार्यालयको फ्रि वाईफाई भएकोले उक्त कार्यालयका स्टाफहरू र दिपक भट्ट वा निजका स्टाफहरूले प्रयोग गरेको हुनसक्दछ।

दिपक भट्टबाट भएका कारोवार सम्बन्धमा दिपक भट्ट वा निजका स्टाफहरु समेत मेरो कार्यालयमा आउने जाने भएकोले मेरो कार्यालयको आइपी प्रयोग भएको हुनसक्दछ यसमा मेरो कुनै भूमिका रहेको छैन। जगदम्बा स्टिल्स मेरो कम्पनी होईन, दिपक भट्टसँग मेरो हाल रकम लेनदेन छैन मेरो परिवारका सदस्यहरूको केही लेनदेन वाँकी छ। मैले दिपक भट्टसँग मिली बिमा ऐन २०७९ अनुसारको कसुर गरेको छैन भन्ने समेत ब्यहोराको कागज।