१० दिनमा ट्राफिक कारबाहीबाट १ करोड ४१ लाख राजस्व सङ्कलन


काठमाडौं –  जेठ ८ गतेदेखि १७ गतेसम्ममा सवारी नियम उल्लङ्घन गर्ने २१ हजार २ सय सवारी चालक कारबाहीमा परेका छन्। १० दिने अवधिमा सवारी नियम उल्लङ्घन गर्ने २१ हजार २ सय सवारी चालक कारबाहीमा परेका हुन्। 

ट्राफिक प्रहरीका अनुसार विभिन्न प्रकारका सवारी नियम उल्लङ्घनका घटनामा चालकहरूलाई कारबाही गरिएको हो। उक्त अवधिमा गरिएको कारबाहीबाट राज्य कोषमा १ करोड ४१ लाख २ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जनाएको छ।

यस अवधिमा लेन अनुशासन पालना नगर्ने, तीव्र गति, ट्राफिक सङ्केत उल्लङ्घन, कागजात नबोक्ने तथा अन्य नियमविपरीत गतिविधिमा संलग्न चालकहरू कारबाहीमा परेको छन्।