१० दिनमा ६ करोडभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद


काठमाडौं – जेठ ८ गतेदेखि १७ गतेसम्म काठमाडौं उपत्यकामा भन्सार छली गरी ल्याइएका विभिन्न सामानसहित ५ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार यस अवधिमा ६ करोड ७ लाख ९९ हजार रुपैयाँ भन्सार छली गरी ल्याइएको विभिन्न सामान बरामद भएको हो। 

प्रहरीले १० दिनको अवधिमा २९ हजार १४० थान भेप , १२ ग्राम सुन, मोबाईल २ थान, ल्यापटप २ थान, काजु, सुर्ति, शिखर पान मसला, पाउडर दूध, स्रोत नखुलेको रकम १ लाख ५५ हजार बरामद गरेको छ।