आईजीपीबाट हटाइएपछि दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता


काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ।

कार्कीले बिहीबार आफ्ना कानुन व्यवसायीमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। अध्ययनका क्रममा रहेको भन्दै सुरुमा दर्ता हुन नसकेको उक्त निवेदन बिहीबार नै दर्ता भएको हो।

सर्वोच्च अदालतले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आगामी कात्तिक ३० गतेको पेशी तोकेको छ। सोही दिन अदालतमा मुद्दाको प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ।

Skip This