काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.६४ अंकले बढेर बजार २६ सय ५५ दशमलव २२ को बिन्दुमा बन्द भएको छ। आज बजार बढेपनि कारोबार रकम भने घटेको छ। आज कारोबार रकम घटेर ३ अर्ब ४६ करोडमा झरेको छ। त्यस्तै, १ करोड ७ लाख कित्ता शेयर किनबेच भएको छ।
आज सबैभन्दा बढी घोराही सिमेन्टको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २१ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सबैभन्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.०८ प्रतिशतका दरले कमाएका हुन्।
त्यस्तै, बेनी हाइड्रोपावरका लगानीकर्ताले ५.७८ प्रतिशतका दरले कमाएका छन्। त्यसैगरी, आज सबैभन्दा बढी गुमाउनेमा घोराही सिमेन्टका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.४३ प्रतिशतका दरले गुमाएका हुन्।







About Us
प्रतिक्रिया