पर्यटन भिसामा नेपाल आइ अनुमति बिना ज्याकेट बिक्री गर्ने चिनिया नागरिक प्रहरीको नियन्त्रणमा


काठमाडौं – पर्यटन भिषामा नेपाल आइ  अनुमति बिना ज्याकेट बिक्री गर्ने दुई जना चिनिया नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चेन जिनकियान र यी लिहुआ रहेका छन्। 

प्रहरीले उनीहरूलाई  जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका– १३ दलदलेबाट पक्राउ गरेको छ। बिना बिल बिजक समेत नभएका छालाको जस्तो देखिने ४३ थान ज्याकेटहरूको बिक्री वितरण गर्दै गरेको अवस्थामा फेला पारि पक्राउ गरेको हो। 

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि श्री अध्यागमन विभाग, कालिकास्थान काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।