काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायीहरुलाई धाक धम्की दिएको आरोपमा प्रहरीले काठमाडौंको गौरीघाटबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–३ घर भएर कागेश्वरी मनोहरा नगरपालिका–९ डेरा गरी बस्ने ३४ वर्षीय आशिष सुनुवार छन्।
सुनुवारलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका– ७ गौरिघाट गुहेश्वरीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया