भक्तपुर प्रहरीको ‘स्वीप अप्रेशन’, एकैदिन समातिए २२ जना


काठमाडौं – जिल्ला प्रहरी परिसर भक्तपुरको ‘स्वीप अप्रेशन’बाट एकैदिन २२ जना पक्राउ परेका छन्। ‘स्वीप अप्रेशन’ मार्फत् भक्तपुर नगरपालिका –७, ८, ९ र १० को वडा एरियाबाट उनीहरू पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी परिसर भक्तपुर तथा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको संयुक्त टोलीले गरिएको स्वीप अप्रेसनबाट उनीहरूलाई  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।