४३ हजार अमेरिकी डलरसहित एक जना प्रहरीको फन्दामा 


काठमाडौं –  रसुवाको उत्तर गया– ५ बेत्रावती बजारबाट प्रहरीले ४३ हजार अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गंगा जमुना– ५ बस्ने  ३७ वर्षीय  सुशील गुरुङ रहेका छन्। 

काठमाडौंबाट रसुवाको टिमुरेतर्फ जाँदै गरेको बा.प्र ०१-००६ ख ९५१५ नम्बरको बसबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

गुरुङलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पठाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।