दीपक भट्ट समूहलाई निर्देशिका फेरेर चलखेलको बाटो खोलिदिने सेवन्तक जोगिए, ऐनअनुसार अनुमति दिने अध्यक्षहरूविरुद्ध मुद्दा

काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपालको कर्पोरेट इतिहासकै ठुलो वित्तीय घोटालाको मुद्दा दायर गर्दा नीतिगत चलखेल गर्ने नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष तथा सहसचिव सेवन्तक पोखरेललाई चोख्याएको छ। बिहीबार शंकर समूह, इन्फिनिटी होल्डिङ्स र हिमालयन रिइन्स्योरेन्सका सञ्चालकहरूसहित दीपक भट्ट र सुलभ अग्रवाल समूहविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिएको थियो।  उनीहरूविरुद्ध बिमा कम्पनीमार्फत सर्वसाधारणको अर्बौँ…