चेक अनादर मुद्दामा एक वर्ष ६ महिना कैद सजाय तोकिएका नितेश र राज कुमार पक्राउ 

काठमाडौं – चेक अनादर मुद्दामा एक वर्ष ६ महिना कैद सजाय तोकिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी– ६ इमाडोल सितलहाईट बस्ने नितेश श्रेष्ठ र भक्तपुरको भक्तपुर – ६ याछेँ बस्ने  राज कुमार सिजख्वा रहेका छन्।  श्रेष्ठलाई चेक अनादर मुद्दामा १ वर्ष कैद र सिजख्वालाई ६ महिना कैद सजाय तोकिएको प्रहरीले जनाएको…