काठमाडौं -रसुवामा आएको बाढीले बगाएर ल्याएको बैंकको अर्को भल्ट धादिङको खुर्के खोला नजिकै फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश दाहालका अनुसार आइतबार खुर्के खोला नजिकै एउटा भल्ट फेला परेको हो।
‘प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुगेर भल्टलाई प्रहरीको कस्टडीमा राखेको छ। भल्ट ठूलो आकारको भएकाले त्यसलाई सुरक्षित रूपमा निकाल्न समस्या भएको दाहालले बताए। घटनास्थलमा मेसिन लगेर तत्काल निकाल्न सक्ने अवस्था नरहेको र भल्ट कसरी सुरक्षित रूपमा निकाल्ने भन्ने विषयमा प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको छ’ उनले भने।
यसअघि बाढीले बगाएर ल्याएको भल्टबाट लुटपाट गरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरिसकेको छ।






About Us
प्रतिक्रिया