काठमाडौं – बैंकिङ्ग कसुरका ९ वटा मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको टिकापुर घर भई काठमाडौंको बतिसपुतली बस्ने धना शाही रहेका छन्। काठमाडौं जिल्ला अदालत, बबरमहलले उनीमाथि २ कैद दिन र २ लाख ५० हजारको पाँच प्रतिशतले हुने १२ हजार पाँच सय रुपैयाँ जरिवाना फैसला गरेको थियो।
उनीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बतिसपुतलीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। साथै, उनीमाथि विभिन्न प्रहरी कार्यालयहरूमा ९ वटा बैंकिङ्ग कसुरको मुद्दामा फरार रहेको खुल्न आएको छ। जसको बिगो १ करोड ७२ लाख बिगो रहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया