विदेश पठाइदिन्छु भन्दै २ करोड ७२ लाख ५० हजार रुपैयाँ ठगी गर्ने पाँच जना पक्राउ 

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कञ्चनपुरका करण ऐर, काठमाडौंकी सुनिता श्रेष्ठ, मोरङका प्रेम पुरी,  काभ्रेपलान्चोकका  अच्युत दुलाल र  कालिकोटका बिर्ख बहादुर विक रहेका छन्। पक्राउ मध्ये करणले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ, सुनिताले…