काठमाडौं- काठमाडौं उपत्यकामा साउन महिनामा १ हजार २ सय ८६ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा संलग्न रहेको आरोपमा १ हजार ७ सय ६० जना अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा साउन महिनामा ५ सय १३ जना पक्राउ परेका छन्। उनीहरूलाई अदालतले तोकेको कैद अवधि कुल ९६ वर्ष ६ महिना २६ दिन रहेको छ। यस्तै, फैसला कार्यान्वयनका क्रममा ११ करोड ५९ लाख ७९ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, साउन महिनामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३ हजार १ सय ७८ जनामाथि कारबाही गरिएको छ। ट्राफिक कारबाहीबाट २ करोड ६७ लाख २५ हजार रुपैयाँ जरिवाना सङ्कलन भएको छ।
प्रहरीका अनुसार साउनमा अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा समेत कारबाही गरिएको छ। यस क्रममा करिब १ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार र सट्टेबाजीमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्।






About Us
प्रतिक्रिया