घरमा कोही नभएको मौका पारेर सुनचाँदीका गरगहना चोरी गर्ने तीन जना पक्राउ 

काठमाडौं – घरमा कोही नभएको मौका पारेर ताला फोडी सुनचाँदीका गरगहना र अन्य धनमाल चोरी गर्ने तीनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको चमतीबाट, बस्ने सञ्जय तामाङ, रवि महर्जन र नुवाकोटका माकाभेली भन्ने सुजन तामाङ रहेका छन्।  काठमाडौं महानगरपालिका १५ चमतीस्थित घरमा कोही नभएको अवस्थामा ताला फोडी सुनचाँदीका गरगहना र अन्य धनमाल चोरी भएको…