थुनामा रहेका व्यक्ति छुटाइदिने भन्दै अनुचित प्रभावमा पार्ने जित बहादुर घले पक्राउ


काठमाडौं – थुनामा रहेका व्यक्तिहरूलाई छुटाइदिने भन्दै अनुचित प्रभावमा पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको बारपार्क सुलिकोट गाउँपालिका – १ घर भई ललितपुर बस्ने  जित बहादुर घले रहेका छन्। 

उनले आफ्नो उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क सम्बन्ध रहेको भनी कारागारमा थुनामा रहेका व्यक्तिहरूका आफन्तजनलाई उनीको मुद्दा मिलाइ छुटाई दिने भन्दै अनुचित प्रभावमा पार्ने तथा दुःख हैरानी दिने गरेको प्रहरीले जनाएको छ। 

घलेलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।