बैंकिङ्ग कसुर मुद्दामा ९८ लाख बिगो तोकिएका शिव कुमार राई पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा ९८ लाख बिगो तोकिएका शिव कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ६ घर भएका राईलाई बैंकिङ्ग कसुर मुद्दामा २ वर्ष २५ कैद,  ३० लाख जरिवाना  र ९८ लाख बिगो फैसला भएको प्रहरीले जनाएको छ। 

उनलाई  जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको प्रहरीले जनाएको छ।