६१ लाख ८९ हजार बराबरको धनमाल चोरी


काठमाडौं – देशमा विभिन्न स्थानबाट ६१ लाख ८९ हजार बराबरको धनमाल चोरी भएको छ। काठमाडौंको  चन्द्रागिरी नगरपालिका– १५ तीनथाना राउत गाउँ बस्ने पबित्र प्रसादकाफ्लेको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहनाहरू र नगद समेत गरी करिब ७ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

सर्लाहीको  लालबन्दी नगरपालिका– १७ लालबन्दी बस्ने नकुल चिमरियाको घरबाट नगद तथा सुनका विभिन्न गरगहनाहरू समेत गरी करिब ६ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका– ११ स्थित सिसवा गाउँ बस्ने सफि उल्ला मुसलमानको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहनाहरू र नगद समेत गरी करिब ४७ लाख ४७ हजार रुपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ। चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।