बिल बिनाको १८ थान मोबाइलसहित भारतीय नागरिक संदिप अहुजा नियन्त्रणमा 


काठमाडौं – काठमाडौंको ठमेलस्थित सडक खण्डमा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेको भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको  पन्जाब प्रदेश, जलन्धर घर भएका संदिप अहुजा रहेका छन्। 

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट बिल बिजक बिनाको मोबाइल थान १८ र ल्यापटप १ थान फेला पारेको हो। 

उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ।