बैंकिङ्ग कसुर मुद्दामा १ करोड ६२ लाख बिगो तोकिएका हरि चन्द्र पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा १ करोड ६२ लाख बिगो तोकिएका हरि चन्द्र आले मगरलाई प्रहरीले पक्राउ गरेको छ। रामेछापको रामेछाप नगरपालिका–४ घर भई हाल काठमाडौंको कपन बस्ने मगर जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भएपछि फरार रहेका थिए। 

मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिगएको प्रहरी टोलीले थापाथलीबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर कार्यालय, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।