हिमालय सेक्युरिटीका अध्यक्ष दीपक कुमार श्रेष्ठ र हिमालयन इन्भेस्टमेन्ट बैंकरका लगानी संयोजक सुमेर शमशेर पक्राउ


काठमाडौं – धितोपत्र सम्बन्धी ऐन २०६३ र बीमा ऐन २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेर फरार रहेका दुई जना प्रतिवादीहरू पक्राउ परेका छन्। पक्राउ पर्नेमा हिमालय सेक्युरिटी बैंकर लिमिटेडका अध्यक्ष दीपक कुमार श्रेष्ठ र हिमालयन इन्भेस्टमेन्ट बैंकरका लगानी संयोजक सुमेर शमशेर ज.ब.रा. रहेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले उनीहरूलाई पक्राउ गरेको हो। सीआइबीले श्रेष्ठलाई आज हात्तीवनबाट पक्राउ गरेको हो। यस्तै, सुमेरलाई भने हिजो अर्थात् भदौ १० गते थापाथलीबाट पक्राउ गरेको हो।