बैंकिङ्ग समाचार, काठमाडौं । हिमालयन बैंकले इन्भेष्टमेन्टसँग मर्जरमा जाने अन्तिम निर्णय गरेको छ । हिमालयन बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने अन्तिम निर्णय गरेको हो । एनआईबिएल बैंकसँग मर्जरमा जाने सञ्चालक समितिको बैठकले अन्तिम निर्णय गरेको र पौष ३० गते वार्षिक साधारण सभा बोलाएको हिमालयन बैंक स्रोतले जानकारी दिएको छ…