अझै कतिन्जेल सह–चालकको हातमा पैसाको बिटो ? 

अझै कतिन्जेल सह–चालकको हातमा पैसाको बिटो ? 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
प्रविधिको विकासका कारण नेपालको डिजिटल प्रणालीमा आमूल परिवर्तन आएको छ । यतीबेला बैंकहरु शहरबाट घर र घरबाट जनताका खल्तीमै पुगेका छन ।  प्रविधिको प्रयोग बढाउन बैंकहरुले डेबिट, क्रेडिट र प्रिपेड कार्ड जारी गर्दै आएका छन। मोबाइल र इन्टरनेट बैंकिङ्ग जस्ता सुविधा जनताका दैलामा पुर्याएका छन। क्युआर कोडको प्रयोग ब्यापक रुपमा भइरहेको छ । अझ भनौ क्युआर वितरणमा त बैंकहरुको होड नै चलेको छ । सामान खरिदवापतको भुक्तानी होस वा घरायसी बिलहरु तिर्न, बैंकिङ्ग सुविधाको उपलब्धता बढ्दो छ । हात–हातमा पुगेका स्मार्ट मोबाइलले पनि अत्याधुनिक बैंकिङ्गको प्रयोगमा सहभागिता बढाउन थालेको महसुश गरिएको छ ।  विशेषतः कोभिडका कारण यसको महत्व पनि बढेको छ । 

अझ भनौं खल्ती, ई–सेवा, फोन–पे, माई–पे जस्ता साना–साना फिनटेक कम्पनीहरु जनताका हातमै पुगेका छन । रेष्टुरेन्ट होस या सपिङ्ग मल, बिजुलीको होस या पानीको  ‘क्यूआर कोड’ मार्फत बील भुक्तानी गर्न सकिन्छ । यसले सेवाग्राहीलाई घन्टौ लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ । अझ रिचार्ज कार्ड कोरेर हात कालो पार्ने समयको त लगभग अन्त्य नै भइसक्यो । यती धेरै कामहरु हुँदा पनि नेपालको यातायात व्यवस्था भने अझै ‘डिजिटलाईज’ हुन सकेको देखिँदैन । अझै पनि बसका सहचालकको हातमा ठुलै पैसाको बिटो देख्न पाइन्छ । बसपार्कमा अझै पनि टिकट काट्नेको लाम देखिन्छ । अझै पनि बसमा टिकट नै काट्नुपर्छ । 

नेपालका प्रमुख शहरहरुमा चल्ने हजारौँ बसमा अझै पनि १०–२० का छुट्टा पैसा नलिईकिन शुखै छैन । अझ हजारको नोट दियो भने त सह–चालक रिसाउँछन । यती मात्रै कहाँ हो र बसमा सफर गर्नेहरुले पाउनुपर्ने १–२ रुपैँया त कता जान्छ कता ? पत्तै हुँदैन । 

तरकारी पसलेले त झन क्युआरबाट पैसा आउँछ भनेर विश्वास गर्नै सक्दैनन् । पानीपुरी र ठेला पसलका धनीलाई त झन बैंक खातामा सिधै पैसा जान्छ भन्ने थाहै छैन । खुद्रा बोक्ने झनझट र अरुको भनाई खानुभन्दा डिजिटल प्रणाली अत्यन्तै सजिलो हुन्छ भन्ने सबैलाई लागेको त  छ । तर यसको विश्वास गरिहाल्ने वातावरण भने अझै बनेको देखिदैन । यी तमाम कामहरु हुँदा पनि नेपालमा अझै डिजिटल प्रणालीमा लैजान सरकारले ठुलै कसरत गर्नुपर्ने देखिन्छ । जनताका पुगेका हातमा साना–सान फिनटेक कम्पनीहरुले पनि यसमा कुनै ‘इनिसिएशन’ नलिएको पनि हुनसक्ने आंकलन गर्न सकिन्छ ।

यस्ता सतहका साना समस्याहरुलाई सहज र सरल बनाउनका लागि साना फिनटेक कम्पनीको भुमिका अत्यन्तै महत्वपूर्ण हुने खल्ती डटकमका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउँछन । बसका सहचालकहरुले १०–२० रुपैँयाका खुद्राको बिटो बोकेर अझै कति हिँड्ने भन्ने प्रश्नमा उनले भने, ‘अब निकट भविष्यमा हामीले त्यस्तो देख्न सायद नपाईएला । हामीले त्यस्तै खाले काम गर्ने कम्पनीहरु हौँ । यसमा हाम्रो प्रयास रहनेछ ।’ 

यस्तै ई–सेवाका आशिष प्रसाईले पनि आफुँहरु विस्तारै यसतर्फ ध्यानकेन्द्रीत रहेको जिकिर गरे । उनले भने, ‘हामीले लामो दु्रीको लागि टिकट लिन मिल्ने गरिसकेका छौँ, तर छोटो दुरीको लागि भने धेरै अध्यायन गर्नुपर्ने हुन्छ । यसको लागि ठुलो लगानीको आवश्यक्ता पर्ने भएकाले अझै अलिग समय लाग्न सक्छ ।’ सुरु गरिहाल्यौँ भनेपनि वित्तिय ज्ञानको ठुलै आवश्यक्ता पर्ने उनले बताए । 

त्यस्तै माई–पे.का प्रमुख कार्यकारी अधिकृत मनोज मेहेताले पनि  आफुहरुको कम्पनीले ठ्याक्कै यातायात प्रणालीकै विषयमा अध्यायन गरिरहेको बताए । उनले भने,‘अब काठमाडौं भ्यालीका लागि ठलो भुक्तानी प्रविधि ल्याउँदै छौँ ।’