काठमाडौं – देशभर दर्ता भएका सवारी साधनको सङ्ख्या ६२ लाख माथि रहेको पाइएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष फागुन मसान्तसम्म कुल सवारीसाधनको सङ्ख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ।
चालु आवको फागुन मसान्तसम्म मात्रै दुई लाख ८१ हजार ९२१ वटा दर्ता भएका थिए। दर्ता भएका सवारीसाधनमध्ये ५० लाख बढी मोटरसाइकल छन्। यसैगरी, फागुन मसान्तसम्म ४१ लाख १४ हजार १८१ वटा सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) जारी भएको छ।
त्यसमध्ये चालु आवको आठ महिनासम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र जारी भएको थियो। चालु आवको प्रथम आठ महिनामा ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएका छन्। तीमध्ये पाँच हजार १८६ थान जडान गरिएको छ।
गत फागुन मसान्तसम्म कुल आठ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकामा ८८ हजार ३४० थान जडान भएका छन्। इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१ अनुसार नम्बर प्लेट जडान भइरहेको छ।






About Us
प्रतिक्रिया