यस्ता छन बैंकिङ्ग कारोबार गर्दाका फाइदाहरु, जान्नैपर्ने यी ७ विषय 

यस्ता छन बैंकिङ्ग कारोबार गर्दाका फाइदाहरु, जान्नैपर्ने यी ७ विषय 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो जसले रकमको बचत, बचतको भुक्तानी, ऋण प्रवाह र अन्य सेवाहरू प्रदान गर्छ । बैंकले बचत गर्न चाहने बचतकर्ताबाट रकम लिएर ऋण लिन चाहने व्यक्तिहरू तथा संस्थाहरूलाई रकम प्रदान गर्दछ ।

बैंकलाई वित्तीय मध्यस्थकर्ता पनि भनिन्छ । बैंकमा पैसा राख्नु भनेको आफ्नो कमाइलाई पारदर्शी र सुरक्षित बनाउनु हो । बैंकबाट पाउने ब्याज, भुक्तानी रकम वा निक्षेपको पूर्ण जानकारी पाउन सकिन्छ ।

मुलुकको समग्र बैंकिङ्ग तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, निक्षेपकर्ताको हकहितको संरक्षण र सम्बद्र्धन गर्न, बैंक तथा वित्तीय संस्थाहरूबीच स्वस्थ प्रतिस्पर्धाद्वारा गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग तथा वित्तीय सेवा उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्रलाई सवल एवम् सुदृढ बनाउन तथा वित्तीय स्थायित्व कायम गर्न बैंक तथा वित्तीय संस्थाको आवश्यकता पर्दछ ।

बैंकमा कारोबार गर्दा हुने फाइदाहरू :

(क) बैंकमा बचत गरिएको रकम सुरक्षित हुन्छ ।

(ख) बैंकमा बचत गर्नाले बचत रकम अनुसारको ब्याज पाइन्छ ।

(ग) आवश्यक परेको बेलामा बैंकबाट रकम झिकेर प्रयोग गर्न सकिन्छ ।

(घ) बैंकमा खाता भयो भने देश वा विदेशबाट पैसा पाउन वा पठाउन सकिन्छ ।

(ङ) आवश्यक परेको बेलामा बैंकबाट ऋण लिन सकिन्छ ।

(च) बैंक खाताबाट सामाजिक सुरक्षा भत्ता, पेन्सन, तलब वा सरकारबाट प्रदान हुने रकमहरू प्राप्त गर्न सकिन्छ ।

(छ) बैंक तथा वित्तीय संस्थाको सेवा लिने मान्छेले एक ठाउँबाट अर्को ठाउँमा जाँदा धेरै ठूलो रकम बोकेर हिँड्नु पर्दैन । विभिन्न ठाउँमा भएका बैंकहरूका शाखा वा एटिएम मेशिनबाट आवश्यक रकम झिक्न सकिन्छ । यसरी पैसा हराउने वा लुटिने जोखिम कम गर्न सकिन्छ । 
(राष्ट्र बैंककाे सहयाेगमा ।)