बैंकिङ्ग शिक्षाः गर्भनरको उत्साहमा पनि किन केही बैंकरहरुको असन्तुष्टी ? 

बैंकिङ्ग शिक्षाः गर्भनरको उत्साहमा पनि किन केही बैंकरहरुको असन्तुष्टी ? 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनोज रेग्मी, काठमाडौं । 
पौस २०, साँझको ४ बजे गर्भनरको गाडी सोल्टी होटलको गेटमा ठ्याक्क रोकियो । वरीपरी ठुलै तामझाम थियो । उनी त्यहाँ बैंकिङ्ग शिक्षा नामको वित्तिय साक्षरता सम्बन्धी अभियानको सुभारम्भमा उपस्थित थिए । प्रमुख अतिथिको रुपमा आमन्त्रीत उनी अत्यन्तै खुशी र उत्साही देखिन्थे । हुन त वित्तिय साक्षरता जस्तो महत्वपूर्ण विषय आजको आवश्यक्ता नै हो भन्ने सबैलाई लागेकै छ ।

\"\"

 कार्यक्रममा अन्य बैंक तथा वित्तिय संस्थाका थुप्रै प्रमुख कार्यकारी अधिकृतहरुको पनि बाक्लै उपस्थिती देखिन्थ्यो । बैंर्कस एसोसिएशनका अध्यक्ष, उपाध्क्ष, डेभ्लपमेन्ट बैंर्कस एसोसिएशनका अध्यक्ष, वित्त कम्पनी बैंकर्स एसोसिएशनका अध्यक्ष, माइक्रो फाइनान्स एसोसिएशनका अध्यक्ष, रेमिटर्स एसोसिएशनका अध्यक्ष लगायत थुप्रै कम्पनीका विशिष्ट व्यक्तीत्वहरुको उपस्थिती देखिन्थ्यो ।

यस्तो महत्वपूर्ण कार्यक्रममा त सबैं बैंकर्सहरुको उपस्थिती हुनेपर्ने, कोही छुटेजस्तो लाग्यो नि ? प्रश्न गर्नासाथ आयोजकले भने ‘हो तपाईले ठिक भन्नुभयो । यस्तो कार्यक्रममा त सबैजना आँखा चिम्लेर आउनुपर्ने । हामीले त सबैलाई निमत्रणा गरेकै हौँ । सबैका टेवलमा निमत्रणा पुगेको छ । खै किन आउनुभएन । तैपनी मैले यसलाई सकरात्मक रुपमा लिएको छु ।’

अझ डेपुटी गर्भनर डा. निलम डुंगानाले त आफ्नो महत्वपूर्ण बैठक नै छाडेर त्यहाँ उपस्थित भएको बताईन । लाग्छ उनीहरु पनि त्यहाँ त्यतीकै ‘टाइम पास’ को लागि आएका थिएनन । वित्तिय साक्षरता समाजमा फैलाउनुपर्छ अनी मात्र देश आर्थिक रुपमा समृद्ध बन्छ सक्छ भन्ने उनीहरुलाई राम्रोसँग थाह छ ।

त्यसैले त उनीहरु त्यहाँ आफ्नो दैनिक कामकार्य छाडेर त्यहाँ आइपुगे। हिमालय टेलिभिजन एचडी र अनलाइनखबरको संयुक्त प्रस्तुतिमा शुरु भएको यस अभियानमा बैंक भनेको के हो ? बैंकबाट के कस्ता सुविधाहरु, कसरी पाइन्छ ? वित्तिय व्यवस्था, वित्तिय प्रणली, वित्तिय उपकरणहरु, तिनीहरुको उचित प्रयोग, बचत, लगानी, कर्जा लगायतका वित्त सम्बन्धी सम्पूर्ण विषयको ज्ञान सर्वसाधारणलाई बुझाउने कार्यक्रमहरु सञ्चालन, प्रकाशन तथा प्रशारण गर्न लागिएको भन्दै ‘बैंकिङ्ग शिक्षा’ अभियानका संयोजक राजु ढुंगेलले लामो व्याख्या गरे ।

बैंकिङ्ग शिक्षा कार्यक्रम अन्तर्गत साताको एक दिन वित्तीय साक्षरता सम्बन्धी गतिविधि समेटिएको टेलिभिजन कार्यक्रम, टेलिफिल्म, वित्तीय साक्षरता ज्ञान शृङ्खला, विज्ञसँग वित्तीय बहस जस्ता कार्यक्रम चलाइने उनले बताए । कार्यक्रमको बीचमा प्रोमो बज्यो । प्रोमो हेर्दा साँचिकै वित्तिय साक्षरताको अवस्था झनै उदेकलाग्दो दृश्य देखियो । त्यसपछि हिमालय टेलिभिजनमार्फत देखाइने श्रंखलाको ट्रेलर बज्यो । त्यसमा पनि रामाइलो कार्यक्रममार्फत वित्तिय ज्ञान र बैंकिङ्ग प्रोडक्टहरुकै बारेमा ज्ञान दिन खोजिएको थियो । त्यसपछि बल्ल हामीलाई महशुस भयो कि यो विषय कति महत्वपूर्ण रहेछ भनेर । 

हामीलाई पनि यो विषय निकै उत्साहजनक लाग्यो । त्यसपछि फेरी हामी माईक लिएर संयोजक राजु ढुंगेलतर्फ मोडीयौँ । अनी प्रश्न गर्यौ, यस्तो महत्वपूर्ण कार्यक्रममा त सबैं बैंकर्सहरुको उपस्थिती हुनेपर्ने, कोही छुटेजस्तो लाग्यो नि ? प्रश्न गर्नासाथ उनले भने ‘हो तपाईले ठिक भन्नुभयो । यस्तो कार्यक्रममा त सबैजना आँखा चिम्लेर आउनुपर्ने । हामीले त सबैलाई निमत्रणा गरेकै हौँ । सबैका टेवलमा निमत्रणा पुगेको छ । खै किन आउनुभएन । तैपनी मैले यसलाई सकरात्मक रुपमा लिएको छु ।’

एकछिन त हामीलाई पनि लाग्यो वित्तिय साक्षरता जस्तो महत्वपूर्ण विषयमा सबै जोडिएर हातेमाले गरिदिएको भए । अझ झन कति सार्थक र सौन्दर्य बन्थ्यो होला कार्यक्रम ? यसै विषयमा बोल्दै नाम नबताउने सर्तमा एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने‘ गर्भनर नै खुद उपस्थित र उत्साहित हुँदा सबै आउनुपर्ने हो । खै आजकल मलाई त बैंकरहरुले नै गर्भनरलाई टेर्न छोडेको जस्तो लाग्यो ।’

आज वित्तीय साक्षरताकै अभावले कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणको नाराले सार्थकता पाउन नसकेको अवस्थामा यस कार्यक्रमले थुप्रै जनसमुदायमा वित्तिय ज्ञानको पहुँच र विस्तारमा केही न केही त गर्छ भन्ने सबैंलाई लागेको देखिन्थ्यो  त्यहाँ । वित्तीय साक्षरताको अभिवृद्धि गर्न नसकेसम्म दिगो, फराकिलो र समावेशी आर्थिक वृद्धि गर्ने लक्ष्य प्राप्ति असम्भवप्रायः छ भन्नेमा कसैको पनि दुईमत देखिएन। हामीलाई पनि त्यस्तै लाग्यो । कार्यक्रममा राष्ट्र बैंकका अन्य थुप्रै कार्यकारी निर्देशकहरु, कर्मचारीहरु पनि उपस्थित थिए । उनीहरुले पनि बैंकिङ्ग शिक्षा जस्तो महत्वपूर्ण विषयलाई लिएर एक अर्कासँग  गुनगान गरेको सुनिन्थ्यो । 

गर्भनर अधिकारी र डेपुटी गर्भनरले पनि बैंकिङ्ग शिक्षा आजको आवश्यक्ता रहेको र यस अभियानले धेरै भन्दा धेरै जनतालाई साक्षर बनाउने लक्ष लिएकोमा खुशी व्यक्त गरे । बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले ‘बैंकिङ्ग शिक्षा’ कार्यक्रमले शहरमा मात्रै नभएर गाउँ-गाउँमा बैंकिङ्गबारे बुझाउन भूमिका खेल्ने बताए ।

वित्तीय साक्षरताका विषयमा राष्ट्र बैंक आफैले र बैंकर्स संघले समेत कार्यक्रमहरु गर्ने गरेको भन्दै यो अभियान अझ उपयोगी हुने बताए । डेभलपमेन्ट बैंकर्स एसोसिएशनका अध्यक्ष प्रद्युमन पोखरेलले वित्तीय साक्षरताले सोचमा नै परिवर्तन ल्याउने बताए । अहिले सोचमा नै परिवर्तन आवश्यक रहेको भन्दै बैंकिङ्ग साक्षरता धेरै आवश्यक रहेको बताए । लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्तमा करिब ५४ लाख ग्राहक संख्या पुगेको र यसमा अधिकांश महिला सदस्यहरू रहेको भन्दै वित्तीय साक्षरता कतिपय अवस्थामा वहाँहरुमा पनि कमि भएको भन्दै बैंकिङ्ग शिक्षा कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुग्ने बताए । सञ्चारमाध्यमकै अग्रसरतामा यस्तो कार्यक्रम सञ्चालन हुनु सबैका लागि खुसीको विषय भएको बताए ।

साथै कार्यक्रममा बोल्दै स्मार्ट च्वाइस टेक्नोलोजीका अध्यक्ष सुमन पोखरेलले वित्तीय साक्षरतालाई प्रविधिसँग जोडेर लैजानुपर्ने बताए । रेमिटर्स एसोसिएशनका अध्यक्ष चन्द्र टण्डनले विदेशबाट आएको रेमिटान्समात्रै समेत सही सदुपयोग हुन नसकेको बताए । रेमिट्यान्स पठाउनेले पाउने सुविधाका विषयमा समेत धेरैलाई जानकारी नहुने भन्दै बैंकिङ्ग शिक्षा कार्यक्रमले यसमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले फाइनान्स कम्पनीहरुलाई फाइनान्स कम्पनी भनेर नामको पछाडि ‘बैंक’ लेख्न दिन माग गरे । 

यो पनि 

सेलिब्रटी बैंकर मनोज ज्ञवालीले पनि पैसाको सही परिचालन गर्न नसक्दा समस्या हुने गरेको बताए । समृद्धि भनेको कुरा किताबमा लेखेर वा भाषण गरेर नहुने भन्दै समृद्धिका लागि बैंकिङ्ग शिक्षा चाहिने उनले बताए । ऋणको सही सदुपयोग नहुँदा समेत समस्या हुने गरेको भन्दै उनले उद्योगी व्यापारीलाई पनि वित्तीय साक्षरताको ज्ञान हुनुपर्ने उनको भनाई थियो । 

यस्तै कार्यक्रममा बोल्दै सञ्चारविद्ध चेतन अधिकारीले सामान्य भन्दा पनि सामान्य बैंकिङ्ग प्रोडक्टहरु जस्तै मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, एटीएमको प्रयोग, थुप्रै प्रकारका बचतहरु र त्यसबाट पाइने ब्याज लगायतका विषयहरुमा पनि आवश्यक ज्ञान सानैबाट सिकाइनुपर्नेमा जोड दिए । उनले भने, ‘केवाइसी के हो ? यो गर्यो भने के हुन्छ  ? एलसी भनेको के हो ? बैंकबाट कर्जा लिँदा आवश्यक पर्ने कागजात र यसको प्रक्रिया कस्तो हुन्छ ? भन्नेजस्ता सामान्य भन्दा पनि सामान्य बैंकिङ्ग सेवाहरुका विषयमा सामाजमा जानकारी दिनु अत्यन्तै जरुरी छ ।

त्यसैले वित्तिय साक्षरता जस्तो विषय गाउँदेखि शहरसम्म उठाउनु आवश्यक छ जस्तो हामीलाई लागेको छ ।’ हिमालय टिभी एचडीका कार्यकारी निर्देशक श्याम कँडेलले यस कार्यक्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत समेत लिएको उनले बताए । अनलाइनखबर डिजिटल अनलाइन पोर्टलका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालले आजको डिजिटल ट्रान्सफर्मेसनको युगमा वित्तिय ज्ञान अत्यन्तै आवश्यक रहेको बताए । उनले यस कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको रुपमा नै अगाडी बढाउने र यसले हरेक नागरिकमा वित्तिय ज्ञान र सचेतनाको विकास गर्ने विश्वास लिएको बताए ।

यती धेरै वक्ताहरुले आफ्ना भनाइहरु राख्दा पनि आँखाले अझै धेरै जनसहभागिता खोजिरहेको थियो । नेपाल राष्ट्र बैंक यती धेरै कसरत गरिरहेको यो विषय, अझ भनौं यस्तो अत्आवश्यक विषयमा किन केही बैंकरहरुको असन्तुष्टी ? किन उपस्थित नभएका केही बैंक तथा वित्तिय संस्थाहरु भन्ने हामी सबैलाई लाग्यो । फेरि हामी सबै कुरा छाडेर कार्यक्रमकै निरन्तरता तर्फ लाग्यौं ।