राष्ट्र बैंकद्वारा आयातमा कडाई, १८ प्रकारका सामाग्रीको आयातमा शतप्रतिशत नगद मार्जिन अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले वस्तुको आयातमा कडाई गरेको छ ।  ऋणको ठूलो हिस्सा आयातको लागि प्रयोग भई त्यसको असर तरलतामा देखिन थालेपछि राष्ट्र बैंकले आयातमा कडाई गरेको हो ।  

राष्ट्र बैंकले विभिन्न २० प्रकारका वस्तुको आयात गर्दा अनिर्वाय सय प्रतिशतसम्म नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको छ। अर्थात् कुनै सामान आयात गर्दा १०० रुपैयाँ लाग्ने छ भने १०० रुपैयाँ नै मार्जिनको रुपमा राख्नु पर्ने छ । यसो गर्दा ब्यापारीले सामान आयात गर्दा थप नगदको ब्यबस्था गर्नु पर्ने छ । यसबाट आयात निरुत्साहित हुने राष्ट्र बैंकको विश्वास छ ।  

उल्लिखित मार्जिन रकम नगदका अतिरिक्त चल्ती/बचत/कल निक्षेप खाता खर्च (Debit) गरी वा भुक्तानीका माध्यम प्रयोग गरी समेत जम्मा गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । मार्जिन रकममा व्याज प्रदान गर्न पाइने छैन । मार्जिन रकम जम्मा गर्ने प्रयोजनका लागि कुनै पनि कर्जा प्रवाह (स्वेदशी मुद्रामा समेत) गर्न पाइने छैन । यस्तो मार्जिन रकम  धरौटीको अतिरिक्त हुनेछ। राष्ट्र बैंकले तोकेका वस्तुहरु आयातका लागि अग्रिम भुक्तानी गर्न पाइने छैन । मार्जिन रकम प्रतीतपत्र खोल्दाकै अवस्थामा लिनु पर्नेछ र आयातको भुक्तानी गर्दा त्यस्तो मार्जिन रकम समेतलाई प्रयोग गर्न सकिनेछ। नेपाल सरकारका निकाय, कूटनीतिक नियोग र अस्पतालहरुले गर्ने आयातमा यो व्यवस्था लागू हुने छैन । 

साथै उद्योगहरुले आफ्नै प्रयोजनका लागि आफैले आयात गर्ने कच्चा पदार्थको हकमा लागू हुने छैन। औषधिजन्य प्रयोजनका लागि हुने आयातको हकमा लागू हुने छैन । यस सम्बन्धमा आयातकर्ताबाट सोको स्वःघोषणा अनिवार्य रुपमा लिनु पर्नेछ ।

राष्ट्र बैंकले हर्मोनिक कोड अनुसार आयातमा कडाई गरेका सुची सार्वजनिक गरेको छ  । चुरोट, सुर्ती, परफ्युम, टोइलेट पेपर्स लगायतका सामानहरु यस भित्र पर्दछन्  । 

हेर्नुस राष्ट्र बैंकले आयातमा कडाई गरेको समानको सुची : 

ल्वाङ                                    शखर

चुइगम                                   चिनी

चकलेट                                  ग्लुकोज

ल्याक्टोज                                अल्कोहल नभएको बियर 

मिनरल वाटर                              व्हिस्की, रम, भोड्का , भिनेगर, 

वाइनसाइडर                               अल्कोहलजन्य अन्य पदार्थ 

 अन्य बियर                                  इनर्जी ड्रिंक

टोब्याको                                       जौको बियर 

चुरोट                                            हुक्का फ्लेभर 

  परफ्युम                                       मेक अप सामग्री

फेस क्रिम                                      पाउडर 

 पालिस                                         लोसन

सौदर्य समबन्धि सामग्री                    श्याम्पू 

कपालमा लगाउने तेल                   कपाल रंग्याउने सामग्री 

धुप