काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको गैह्र–बैंकिङ्ग सम्पत्ति व्यवस्थापन गर्न कम्पनी स्थापनाको परिकल्पनामा सरकारले नीतिगत सहजीकरण गरिदिएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले गैह्र–बैंकिङ्ग सम्पत्ति व्यवस्थापन गर्ने लक्ष्यसहित कम्पनी स्थापना गर्ने परिकल्पना गरेकाे थियो । राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेखित विषयलाई आधार मानेर सरकारले ‘ब्याड बैंक’ (एसेट रिकन्स्ट्रक्सन…