महँगो शेयर, सस्तो प्रतिफल: उच्च मूल्य भएका कम्पनीको लाभांश अवस्था निराशाजनक

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत केही कम्पनीको शेयर मूल्य उच्च भएपनि लगानीकर्ताले पाउने प्रतिफल भने कमजोर देखिएको छ। वर्षौंदेखि लाभांश दिन नसकेर थलिएका कम्पनीहरूको शेयर मूल्य नै अत्यधिक उच्च रहेको पाइएको हो।  उच्च शेयर मूल्य भएका कम्पनीमध्ये युनिलिभर नेपालले भने हरेक वर्ष १ हजार ५ सय रुपैयाँभन्दा बढी लाभांश वितरण गर्दै आएको छ।…