काठमाडौं – याे साता शेयर बजार भारी अंकले घटेर बन्द भएको छ। शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ४९.६९ अंकले घटेर कारोबार रकम २७ अर्ब रुपैयाँको भएको छ।
यस साता ५ दिन शेयर कारोबार हुँदा १ दिन बजार बढ्दा ४ दिन बजार घटेको थियो। साताको पहिलो कारोबारको दिन सोमबार नेप्से १३.१७ अंकले घट्यो।
त्यस्तै मंगलबार १८.१० अंक, बुधबार २.९५ अंक, बिहीबार १७.०१ अंकले घढेर बजार २८ सयबाट ओरालो लाग्दै २७ सयको बिन्दुमा बन्द भयो। यस्तै, शुक्रबार भने बजार झिनो अंकले बढेर १.५४ अंकको वृद्धि देखिएको थियो।
कारोबार कति ?
सोमबारः ५ अर्ब ३६ करोड रुपैयाँ
मंगलबारः ५ अर्ब ६६ करोड रुपैयाँ
बुधबारः ७ अर्ब ७१ करोड रुपैयाँ
बिहीबारः ४ अर्ब ९९ करोड रुपैयाँ
शुक्रबारः ५ अर्ब १६ करोड रुपैयाँ



About Us
प्रतिक्रिया