काठमाडौं – सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)मा कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी कञ्चन सापकोटालाई दिइएको छ।
आइतबार बसेको सीडीएससीको सञ्चालक समिति बैठकले प्रवीण पन्दाकलाई पदबाट हटाउने नेप्सेको निर्णयलाई कार्यान्वयन गर्दै सापकोटालाई कामु सीईओको जिम्मेवारी दिएको हो।
गत शुक्रबार बसेको नेप्सेको सञ्चालक समितिको बैठकले पन्दाकलाई नेप्सेमा फिर्ता बाेलाएकाे थियाे।



About Us
प्रतिक्रिया