कर्पाेरेट डेभलपमेन्ट बैंकसहित ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.७३ अंकले बढ्दा ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सक्रिट लागेर बन्द भएको छ। आज कारोबारमा आएका ३५१ कम्पनीहरुमध्ये, कर्पाेरेट डेभलपमेन्ट बैंक पाल्पा सिमेन्ट र शिखर पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

आज यी तिन कम्पनीको शेयर मूल्यमा १५ प्रतिशतको सर्किट लागेको छ। यससँगै आज कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ३६१ रुपैयाँले बढेर प्रतिकित्ता २७ सय ६८ रुपैयाँमा कायम भएको छ। त्यस्तै, पाल्पा सिमेन्टको शेयर मूल्य १४५ रुपैयाँ ७० पैसाले बढेर ११ सय १७ रुपैयाँ १० पैसामा कायम भएको छ। त्यसैगरी, शिखर पावरको शेयर मूल्य प्रतिकित्ता १३८ रुपैयाँले बढेर १ हजार ५८ रुपैयाँ १० पैसा कायम भएको छ।

यससँगै, आज सिटि होटलको शेयर मूल्य १४.९९ प्रतिशतले बढेर ५ सय २३ रुपैयाँ २० पैसा कायम भएको छ।